राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं चार दिन हिरासतमा
५ फागुन, काठमाडौं – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी **दुर्गा प्रसाईं**लाई चार दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ।
प्रसाईंमाथि अफवाह फैलाएर सार्वजनिक शान्ति विरुद्धको कसुर गरेको आरोप लगाइएको छ। उनलाई सोमबार राति भक्तपुरस्थित निवासबाट पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ।
प्रसाईंले २१ फागुनमा कुनै हालतमा निर्वाचन नहुने भन्दै सार्वजनिक रूपमा बोल्दै हिँडेका थिए। यसअघि उनी वीरगञ्ज जान लाग्दा चाल्नाखेलबाट प्रहरीले पक्राउ गरेको थियो भने पोखराबाट पनि पक्राउ गरिएका थिए।
निर्वाचनको मिति तोकिएयता प्रसाईं तीन पटक पक्राउ परेका हुन्।