अर्जेन्टिना–केप भर्डे खेल अतिरिक्त समयमा
फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत साविक विजेता अर्जेन्टिना र केप भर्डेबीचको अन्तिम १६ को खेल अतिरिक्त समयमा पुगेको छ। मियामी स्टेडियममा निर्धारित ९० मिनेटसम्म दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि विजेताको टुंगो लगाउन खेल ३० मिनेटको अतिरिक्त समयमा धकेलिएको हो।
अर्जेन्टिनाका कप्तान लियोनल मेसीले २९औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर ५९औँ मिनेटमा केप भर्डेका डेरोय डुआर्टेले बराबरी गोल फर्काएपछि खेल १–१ को अवस्थामा पुगेको थियो। त्यसपछि दुवै टोलीले थप गोल गर्न नसक्दा खेल अतिरिक्त समयमा प्रवेश गरेको हो।