पेनाल्टीमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट अन्तिम १६ मा
फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत इजिप्ट अन्तिम १६ मा प्रवेश गरेको छ। डलास स्टेडियममा शनिबार बिहान सम्पन्न खेलमा अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै इजिप्टले नकआउट चरणमा स्थान सुरक्षित गरेको हो।
निर्धारित ९० मिनेट र त्यसपछि थपिएको ३० मिनेटको अतिरिक्त समयसम्म दुवै टोली १–१ गोलको बराबरीमा रहेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। सुटआउटमा इजिप्टले उत्कृष्ट प्रदर्शन गर्दै ४–२ को जित निकाल्यो।
इजिप्टका लागि १३औँ मिनेटमा इमाम आशुरले हेडमार्फत गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए। तर ५५औँ मिनेटमा मोहम्मद हानीबाट आत्मघाती गोल भएपछि अस्ट्रेलियाले खेल १–१ को बराबरीमा ल्याएको थियो।
अब इजिप्टले अन्तिम १६ मा अर्जेन्टिना र केप भर्डेमध्ये विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ।