युट्युबर मिस्टर बिस्टले भारतसहित विश्वभर १० विद्यालय निर्माण
लोकप्रिय युट्युबर मिस्टर बिस्टले मानवसेवाको उदाहरण प्रस्तुत गर्दै भारतसहित विश्वका विभिन्न देशमा १० वटा विद्यालय निर्माण गरेका छन्। शिक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले उनले यी विद्यालय निर्माण गर्नुका साथै विद्यार्थीहरूलाई पाँच वर्षसम्म निःशुल्क खाना उपलब्ध गराएका छन्।
केही स्थानमा उनले शिक्षकहरूका लागि विद्यालय नजिकै आवासको व्यवस्था गरिदिएका छन् भने विद्यार्थीहरूका लागि निःशुल्क यातायात सुविधासमेत उपलब्ध गराएका छन्। यस पहलले आर्थिक रूपमा कमजोर समुदायका बालबालिकालाई गुणस्तरीय शिक्षामा पहुँच दिलाउन ठूलो सहयोग पुगेको छ।
मिस्टर बिस्टको यो कार्य विश्वभर प्रशंसित बनेको छ र धेरैले उनलाई ‘शुद्ध हृदयका व्यक्ति’ भन्दै सम्मान व्यक्त गरेका छन्।