लस एञ्जलसमा किराना पसलभित्र गाडी छिर्दा ३ जनाको मृत्यु, ७ घाइते
अमेरिकाको लस एञ्जलस शहरस्थित वेस्टवुड क्षेत्रमा बिहीवार एक सवारी साधन किराना पसलभित्र छिर्दा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। दुर्घटना दिउँसो करिब १२ बजे भएको स्थानीय अधिकारीहरूले जनाएका छन्।
लस एञ्जलस अग्नि नियन्त्रण विभागका अनुसार घटनास्थलमै तीन जनाको मृत्यु भएको घोषणा गरिएको थियो। घाइतेहरूलाई तत्काल नजिकैको अस्पतालमा उपचारका लागि लगिएको छ।
स्थानीय सञ्चारमाध्यमहरूले उक्त पसल एशियाली सुपरमार्केट चेन ‘९९ र्यान्च मार्केट’ भएको बताएका छन्। दुर्घटनाको कारण हालसम्म खुल्न नसकेको र घटनाबारे स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।