नेप्से परिसूचक दोहोरो अंकले घट्यो, कारोबार ८ अर्बभन्दा बढी
काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज २०.७५ अंकले घटेर २,६४२.१५ मा पुगेको छ।
नेप्सेका अनुसार आज ३५४ कम्पनीका २ करोड ५९ लाख ५९ हजार ५५ कित्ता शेयर ८३ हजार ७५ पटक खरिदबिक्री हुँदा ८ अर्ब ३६ करोड ४४ लाख २४ हजार ५५५ रुपैयाँ बराबरको कारोबार भएको छ।
म्युचुअल फन्ड उपसमूहको सूचक ०.५६ प्रतिशत र व्यापार समूह ०.२२ प्रतिशतले बढेको छ भने अन्य सबै समूहको उपसूचक घटेको छ। विशेषगरी, बैंकिङ ०.४५, विकास बैंक १.१८, वित्त २.११, होटल तथा पर्यटन १.१९, जलविद्युत् १.६३, लगानी ०.८१, उत्पादन तथा प्रशोधन ०.७३, लघुवित्त ०.५०, निर्जीवन बीमा ०.७५ र अन्य समूह ०.५८ प्रतिशतले घटेका छन्।
आज सलपा विकास बैंक लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सुपर माई हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
कारोबार रकमको आधारमा आज सबैभन्दा धेरै कारोबार भएको कम्पनी रिडी पावर कम्पनी लिमिटेड हो, जसको १५ लाख ९९ हजार ३८४ कित्ता शेयर ५३ करोड ३६ लाख १४ हजार ८४२ रुपैयाँमा कारोबार भएको नेप्सेले जनाएको छ।