बहराइनको अमेरिकी नौसैनिक अड्डामा पनि इरानले हान्यो मिसाइल
बहराइनमा रहेको अमेरिकी नौसैनिक अड्डामा पनि इरानले मिसाइल प्रहार गरेको छ। बहराइनस्थित अमेरिकी नौसेनाको कमान्ड पोस्ट फिफ्थ फ्लिटलाई इरानले निशाना बनाएको छ।
शनिवार बिहान इजराइल र अमेरिकाले इरानमा हमला गरेपछि जबाफमा इरानले बहराइनको हवाई अड्डामा आक्रमण गरेको छ ।
सिएनएनले दुई अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै उक्त मिसाइल इरानबाटै हानिएको पुष्टि गरेको छ।