रेशम चौधरीको रिटमा आज पेसी
नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेजीविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले पेसी तोकेको छ। चौधरीले कैलाली क्षेत्र नम्बर १ बाट दिएको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि उनी अदालत पुगेका हुन्।
उनको रिट न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासमा सुनुवाइ हुनेछ। निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दर्ता गरिएको चौधरीको उम्मेदवारी बिहीबार खारेज गरेको थियो।