रास्वपाको नयाँ पदाधिकारी टुङ्गो लाग्यो, कुलमान समूह आन्तरिक छलफलमा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आइतबार एकता प्रक्रियामा विवेकशील साझा र काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाह समूहका ३३ जनालाई केन्द्रीय समिति सदस्यमा मनोनीत गर्यो। बालेन पक्षबाट २६ र विवेकशील साझाबाट ७ जना मनोनीत भएका छन्।
बालेनको समूहमा वरिष्ठ नेता बालेन शाह, महामन्त्रीमा ई.सुनिल लम्साल र सहमहामन्त्रीमा भूपदेव शाह पक्का भएका छन्। उनेपालाले एक वरिष्ठ उपसभापति, सहमहामन्त्री, सहप्रवक्ता र २१ केन्द्रीय सदस्य पाउनेछन्।
रास्वपाको केन्द्रीय समिति बैठकले उपसभापति, महामन्त्री, सहमहामन्त्री र सहप्रवक्ता एक/एक थप्ने निर्णय गरेको छ। यसैगरी, पार्टीको विधानमा १२२ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था गरिएको छ। यस एकता प्रक्रियामा रास्वपाका सबै प्रमुख पदाधिकारीहरूको छनोट र सहमति जुटेको छ।