टोटी खोलामा पक्की पुल निर्माण सुरु
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० झलारी भएर बग्ने टोटी खोलामा पक्की पुल निर्माण सुरु गरिएको छ।
शुक्लाफाँटा नगरपालिका–१० का वडाध्यक्ष लालबहादुर ऐरका अनुसार नगरपालिकाको सीमित बजेटका कारण पुल निर्माण सम्भव नभएपछि प्रदेश सरकारको सहयोगमा रु तीन करोड ४८ लाख बजेट जुटाइएको हो। सो पुल निर्माणका लागि निर्माण कम्पनीसँग रु दुई करोड ९८ लाखमा सम्झौता गरिएको उनले जानकारी दिए।
पुल निर्माणपछि स्थानीयवासीलाई आवागमनमा सहजता हुने अपेक्षा गरिएको छ।