काठमाडौँको फस्कुमा मोटरसाइकल दुर्घटना, सैनिक जवानको मृत्यु
काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका–८ स्थित फस्कुमा मंगलबार राति मोटरसाइकल दुर्घटनामा सैनिक जवानको मृत्यु भएको छ।
सितापाइलाबाट रामकोट जाँदै गरेको बागमती प्रदेश ०२–०५४ प ०५५७ नम्बरको मोटरसाइकल चालक भिमराज तामाङको घटनास्थलमै मृत्यु भएको हो।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीका अनुसार, नागार्जुन–८ बस्ने तामाङसँग सैनिक जवानको परिचयपत्र भेटिएको थियो।
घटनामा तामाङले चलाएको मोटरसाइकल रामकोटदेखि सितापाइला आउँदै गरेको बा.प्रदेश–०२–००३ प ६७१६ नम्बरको मोटरसाइकलसँग ठोक्किएको थियो। सो मोटरसाइकल चालक, सर्लाही घर भई ललितपुर बस्ने २२ वर्षीय युवराज ठाकुर घाइते भएका छन्। उनको उपचार हाल मनमोहन अस्पतालमा भइरहेको छ।