द काउन्सिल अफ जेनजी बागमतीद्वारा प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस
काठमाडौं । सुदन गुरुङ नेतृत्वको द काउन्सिल अफ जेनजी अन्तर्गत अफसना बानुको नेतृत्वमा रहेको बागमती प्रदेश समितिले विभिन्न जिल्लामा प्रत्यक्षतर्फ उम्मेदवारी दिनेका लागि उम्मेदवार सिफारिस गरेको छ । जिल्ला समितिहरूको सिफारिसका आधारमा बागमती प्रदेशका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारको नाम सार्वजनिक गरिएको हो ।
सार्वजनिक सूचीअनुसार ललितपुर क्षेत्र नम्बर २ बाट अमृत अधिकारी सिफारिस भएका छन् । उनी द काउन्सिल अफ जेनजी वागमती प्रदेशका सह–संयोजकसमेत हुन् । यस्तै, काभ्रे क्षेत्र नम्बर १ बाट मुस्कान जंगम, काठमाडौं क्षेत्र नम्बर ६ बाट किरण केसी, भक्तपुर क्षेत्र नम्बर २ बाट एचबी खत्री सिफारिस भएका छन् ।
त्यसैगरी रसुवाबाट देव लामा, सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट दावा दोर्जे तामाङ र मकवानपुर क्षेत्र नम्बर १ बाट विशभ अधिकारीलाई उम्मेदवारका रूपमा सिफारिस गरिएको छ ।
द काउन्सिल अफ जेन्जीका अनुसार अन्य प्रदेशका समितिहरूबाट पनि उम्मेदवार सिफारिस हुने क्रम जारी रहेको छ । संगठनले युवाको प्रतिनिधित्व बढाउने उद्देश्यसहित आगामी निर्वाचनका लागि तयारी अघि बढाएको जनाएको छ ।