कांग्रेस महाधिवेशन: उम्मेदवारको नामावली १ बजे सार्वजनिक हुने
काठमाडौं, ३० पुस । नेपाली कांग्रेस विशेष महाधिवेशन अन्तर्गत मनोनयन दर्ताको समय सकिएको छ। निर्वाचन समितिका संयोजक सीताराम केसीका अनुसार उम्मेदवारहरूको नामावली आज दिउँसो १ बजे सार्वजनिक गरिनेछ।
उम्मेदवारको विवरण नामावलीमा मात्र उपलब्ध हुनेछ। यसबीच महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा कानुनी परामर्शमा छन्।
भोटिङ हुने पदहरूमा विद्युतीय मतदानको व्यवस्था रहने निर्वाचन समितिले जनाएको छ। मनोनयन दर्ताको समय बिहान ११:१५ सम्म खुला थियो।