प्रतिनिधिसभामा सरकारका सय दिनका उपलब्धि प्रस्तुत
काठमाडौं — सरकारले प्रतिनिधिसभाको बिहीबारको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारका सय दिनका उपलब्धिबारे जानकारी गराएको छ।
सरकारका प्रवक्ता तथा शिक्षा एवं खेलकुदमन्त्री सस्मित पोखरेलले बैठकलाई सम्बोधन गर्दै सरकारका पहिलो सय दिनमा भएका प्रमुख प्रगति र उपलब्धिहरू प्रस्तुत गरेका हुन्।
यसअघि असार २० गते मन्त्री पोखरेलले पत्रकार सम्मेलनमार्फत सरकारका सय दिनका उपलब्धिबारे सार्वजनिक जानकारी गराएका थिए। सोही विवरणलाई प्रतिनिधिसभाको बैठकमा औपचारिक रूपमा प्रस्तुत गरिएको हो।