कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा जुट्दै नेताहरु
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बिहान ८ बजे सुरु हुने भनिए पनि अझै बस्न सकेको छैन । यद्यपि पार्टी केन्द्रीय कार्यालय सानेपामा नेताहरू भेला हुन थालेका छन् ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू र सात वटै प्रदेशका सभापतिहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।