दुई समूहलाई पार्टीमा भित्र्याउन प्रचण्डले गरे २ र ५ बुँदे सहमति
मनिष लिम्बू हेल्लोक नेतृत्वको लिम्बुवान क्रान्तिकारी पार्टी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी(जसपा) नेपालका उपाध्यक्ष शिवलाल थापामगर नेतृत्वको समूहलाई नेपाली कम्युनिस्ट पार्टी(नेकपा) मा भित्र्याउन २ र ५ बुँदे सहमति गरिएको छ ।
सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उक्त सहमति गरिएको हो ।
लिम्बुवान क्रान्तिकारी पार्टीले उठाउँदै आएको लिम्बुवानको मुद्दालाई नेपाली कम्युनिष्ट पार्टीको आन्तरिक जनवादमा छलफल र बहस मार्फत टुङ्गो लगाउने सहमति गरिएको हो ।
त्यस्तै लिम्बुवान क्रान्तिकारी पार्टीका सबै तहका समितिहरूलाई सम्मानका साथ उपर्युक्त ढङ्गले समायोजन गर्ने सहमति गरिएको हो ।
त्यस्तै जसपा नेपालका थापा मगर समूहसँग ५ बुँदे सहमति गरिएको छ ।
