राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता
१४ माघ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच आज बिहान शीतलनिवासमा भेटवार्ता भएको छ। प्रधानमन्त्री कार्की बिहान साढे १० बजे राष्ट्रपतिको निवासमा पुगेकी थिइन्। भेटवार्ता करिब आधाघण्टा चलेको थियो।
राष्ट्रपतिका सल्लाहकार किरण पोखरेलले अनलाइनखबरलाई जानकारी दिँदै भने, “समसामयिक विषयमा उहाँहरूबीच कुराकानी भएको हो।”
उनीहरूबीच पछिल्लो राजनीतिक घटनाक्रम तथा आगामी निर्वाचनसम्बन्धी विषयमा केन्द्रित छलफल भएको बताइएको छ।