देउवा गुटको बैठकमा शेखर कोइरालासहित चार नेता पनि सहभागी
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको आफ्नो गुटको आकस्मिक बैठकमा शेखर कोइराला समूहका चार नेता पनि सहभागी भएका छन् ।
देउवाले सोमबार दिउँसो ३ बजेका लागि आफ्नो निवास महाराजगन्जमा गुटको बैठक बोलाएका थिए । आकस्मिक बैठक चलिरहेका बेला डा. शेखर कोइरालाको नेतृत्वमा जीवन परियार, बद्री पाण्डे र डा. मिनेन्द्र रिजाल पुगेका हुन्। देउवा गुटको तर्फबाट कार्यवाहक पूर्णबहादुर खड्का र प्रवक्ता डा. प्रकाशशरण महतलगायतका नेताहरू सहभागी छन् ।
भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा नेतृत्व चयनसहितको कार्यविधि पारित गरिएपछि देउवा आगामी रणनीति बनाउन ढलफलमा जुटेको बताइएको छ। देउवा गुट विशेष महाधिवेशनको विपक्षमा छ । तर बहुमत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनलाई साथ दिएका छन् ।