सञ्चार मन्त्री खरेलले प्रचण्डसँग भेटेर २१ फागुनको निर्वाचन छलफल गरे
काठमाडौं, ११ पुस । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेर आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर केन्द्रित छलफल गरेका छन्।
आजै मन्त्री खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटिसकेका छन्।
भेटमा मन्त्री खरेलले आगामी निर्वाचनको तयारी र समसामयिक राजनीतिक विषयमा छलफल भएको जानकारी दिएका हुन्।
त्यस्तै, खरेलले भोलि शनिबार प्रधानमन्त्री बालुवाटारमा तीन दलका शीर्ष नेतासँग हुने भनिएको छलफलको निम्तो पनि प्रचण्डको निवासमै पुगेर दिने कार्यक्रम रहेको छ।