सरकारद्वारा उखुको न्यूनतम समर्थन मूल्य निर्धारण, किसानलाई अनुदान
२२ मंसिर, काठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०८२/८३ का लागि उखुको न्यूनतम समर्थन मूल्य तोकेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उखु प्रति क्विन्टल ६२० रुपैयाँ समर्थन मूल्य निर्धारण गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलका अनुसार उखु किसानलाई प्रति क्विन्टल ७० रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ।
नयाँ मूल्य निर्धारणसँगै किसानले उद्योगलाई बेच्ने उखुको मूल्यमा सरकारको अनुदान थपिएर प्रतिफल पाउने भएका छन्।