रास्वपाको समानुपातिक सूचीमा बालेन शाह पक्षका ४० जना
१३ पुस, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवार सूचीमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पक्षका ४० जना परेका छन्। रवि लामिछाने र बालेन शाहबीच आइतबार बिहान यो मौखिक सहमति भएको स्रोतले जनाएको छ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ रास्वपाले ११० जनाको नाम आयोगमा बुझाउनुपर्नेछ। सहमतिअनुसार बालेन शाह पक्षका ४० र बाँकी ७० रास्वपाका उम्मेदवारको नामावली बुझाइनेछ।
यद्यपि, आइतबार भएको सातबुँदे सम्झौतामा समानुपातिक सूचीबारे औपचारिक उल्लेख भने गरिएको छैन। रास्वपाले आन्तरिक भोटिङमार्फत लोकप्रिय उम्मेदवारलाई समानुपातिक सांसदको सूचीमा समावेश गर्ने प्रक्रिया अघि बढाइरहेको छ।