इजाजतपत्र नवीकरण नगर्ने ४४ निर्माण व्यवसायीको लाइसेन्स स्वतः खारेज
काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजतपत्र समयमै नवीकरण नगर्ने ४४ वटा फर्म तथा कम्पनीको इजाजतपत्र स्वतः खारेज भएको जनाएको छ।
मन्त्रालयअन्तर्गतको निर्माण व्यवसाय प्रवर्द्धन शाखाले जारी गरेको सूचनाअनुसार निर्माण व्यवसाय ऐन, २०५५ को दफा ५(३) बमोजिम आर्थिक वर्ष २०८२–८३ का लागि २०८२ चैत मसान्तभित्र अनिवार्य रूपमा इजाजतपत्र नवीकरण गर्नुपर्ने व्यवस्था थियो। तोकिएको अवधिभित्र नवीकरण नगरेका ४४ निर्माण व्यवसायीको इजाजतपत्र ऐनको दफा ७(३) बमोजिम स्वतः खारेज भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सचिवस्तरको असार १७ गतेको निर्णयअनुसार निर्माण व्यवसाय ऐनको दफा ७(४) बमोजिम सम्बन्धित पक्षलाई जानकारी गराउन सार्वजनिक सूचना प्रकाशित गरिएको हो।