उदयपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
उदयपुरको चौदण्डी नगरपालिका–४ बसाहामा मङ्गलबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा बसाहा थुलुङ डाँडाका ५८ वर्षीय भक्तराज राई गम्भीर घाइते भएका थिए। उपचारका लागि अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।