विष्णु पौडेलमाथि अनुसन्धान गर्न थप तीन दिनको अनुमति
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न तीन दिन म्याद थप भएकाे छ । साेमबार विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले तीन दिनको म्याद थप गरेको हो।
यससँगै उनीमाथि अनुसन्धानका लागि पाँचाैँ पटक म्याद थप भएकाे छ । उपाध्यक्ष पौडेलमाथि सम्पत्ति शुद्धीकरण विभागले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) मुद्दामा अनुसन्धान गरिरहेको छ ।\ पौडेललाई सम्पत्ति शुद्धीकरण विभागको पत्रका आधारमा असार ८ गते सुर्खेतबाट पक्राउ गरेको थियो।