सरकार–परिवारबीच सहमतिपछि गणेश नेपालीको अन्त्येष्टि हुँदै
आत्मदाहको प्रयासपछि ज्यान गुमाएका मुगुका गणेश नेपालीको शव आज अन्त्येष्टिका लागि पशुपति आर्यघाट लगिएको छ।
त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि बिहीबार आत्मदाहको प्रयास गरेका नेपालीको वीर अस्पतालमा उपचारका क्रममा शुक्रबार निधन भएको थियो ।
आइतबार सरकार र नेपालीका परिवारबीच नौबुँदे सहमति भएपछि शव अन्त्येष्टिका लागि आर्यघाट लगिएको हो । उक्त सहमतिअनुसार सरकारले परिवारलाई राहत, रोजगारीलगायतका विभिन्न सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।