अत्यधिक जाडोका कारण महोत्तरीका विद्यालय बन्द
१३ पुस, महोत्तरी। अत्यधिक जाडोका कारण महोत्तरीका १५ वटै स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन्।
निरन्तरको चिसो हावा, शीतलहर, बाक्लो कुहिरो र हुस्सुले जनजीवन प्रभावित भएपछि विद्यालयमा पठनपाठन रोकिएको हो। स्थानीय तहले बर्खे बिदाबाट कटौती गर्दै दुईदेखि तीन दिनका लागि बिदा घोषणा गरेका छन्।
स्थानीय तहका विज्ञप्तिमा अत्यधिक जाडोका कारण बालबालिका प्रभावित हुन थालेको उल्लेख छ। तराई–मधेशमा विगत केही दिनदेखि शीतलहर चलेको र बालबालिका तथा वृद्धवृद्धा बढी प्रभावित भएको जनाइएको छ।