श्रम संस्कृति पार्टीका सभापति साम्पाङले चुनाव जित्ने र सरकार गठन गर्ने दाबी
काठमाडौं, २२ मंसिर – श्रम संस्कृति पार्टीका सभापति तथा धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले आफ्नै पार्टीले आगामी चुनावमा जित हासिल गर्ने र सरकार गठन गर्ने दाबी गरेका छन्।
काठमाडौंको सिफलमा आयोजित सभालाई सम्बोधन गर्दै साम्पाङले भने, “जेनजीको आन्दोलनमा भएको तर नबोलिएको एउटा सत्य हाम्रो विचार अनुसारको राज्य पनि हुनुपर्छ भन्ने हो। त्यसकारण हामीले घोषणापत्रमै यसलाई उल्लेख गरेका छौं। हामीले नै जित्छौं, कुनै शंका छ ? हामीले नै सरकार गठन गर्छौं।”
साम्पाङले आफ्नो नेतृत्वको सरकारले जेनजीको माग सम्बोधन गर्न आयोग समेत बनाउने बताए। उनले भने, “जेनजीले के भन्न चाहेको हो भन्ने बुझ्नुपर्छ। ८० वर्षको पुस्ता र हिजो अस्तिको युवा पुस्ताले भनेको कुरा बुझ्नुपर्छ।”
उनले आफ्नो पार्टीले देशको अग्रगामी विकासका लागि ठोस योजना ल्याउने पनि सार्वजनिक सभामा जिकिर गरेका छन्।