रिलायन्स स्पिनिङ मिल्सको आईपीओ विदेशी रोजगारतर्फ सुरुवातमै ‘ओभर सब्सक्राइब’
काठमाडौँ । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ खुलाएको आधा घण्टामै ओभरसब्सक्राइब भएको छ। सोमबार बिहान साढे १० बजेसम्ममा नै तोकिएकोभन्दा बढी आवेदन दर्ता भएको कम्पनीले जनाएको छ।
कम्पनीले वैदेशिक रोजगारीबाट फर्केका तथा विदेशमा कार्यरत नेपालीहरूका लागि गरी कुल ११ लाख ५५ हजार ९६० कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख १५ हजार ५९६ कित्ता आइपिओ निष्कासन गरेको हो। तर निष्कासन खुलेको एक घण्टा नबित्दै १ लाख १८ हजार ३४० कित्ताका लागि आवेदन परेको कम्पनीको भनाइ छ।
आइतबारसम्म विभिन्न ३६ बैंक तथा वित्तीय संस्थामार्फत १ हजार ९७० जना लगानीकर्ताले आवेदन दिएका छन्।
वैदेशिक रोजगारीमा रहेका इच्छुक सर्वसाधारणले मङ्सिर २५ गते (बिहीबार) सम्म आइपिओका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।