रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा ३३ गुणा बढी आवेदन
१३ पुस, काठमाडौं। रिलायन्स स्पिनिङ मिल्सको सर्वसाधारणतर्फको आईपीओमा मागभन्दा ३३ गुणा बढी आवेदन परेको छ। ९ लाख २४ हजार ७ सय ६८ कित्ताका लागि खोलिएको आईपीओमा शुक्रबारसम्म ३ करोड ५ लाख ४ हजार ८ सय कित्ताका लागि आवेदन परेको हो।
यसबाट २५ अर्ब ३ करोड ८३ लाख रुपैयाँभन्दा बढी रकम संकलन भएको छ, जुन नेपाली पूँजीबजारमा हालसम्मकै उच्चमध्ये एक मानिएको छ। ग्लोबल आईएमई क्यापिटलको प्रबन्धकत्वमा ७ पुसदेखि खुला गरिएको आईपीओ पहिलो दिनमै ओभरसब्स्क्राइब भएको थियो।
कम्पनीले कुल १९ लाख २६ हजार ६ सय कित्ता सेयर निष्कासन गरेको हो। यसमध्ये ४० प्रतिशत संस्थागत लगानीकर्तालाई बाँडफाँट भइसकेको छ भने बाँकी सर्वसाधारणतर्फ अत्यधिक आकर्षण देखिएको छ।