एआईले समाचारको मूल्य र मान्यता कमजोर बनाएको सचिव अर्यालको दाबी
काठमाडौं — सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले कृत्रिम बुद्धिमत्ता (एआई)को बढ्दो प्रयोगले समाचारको मूल्य र मान्यता कमजोर बन्दै गएको बताएकी छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १६औँ वार्षिक साधारण सभामा बोल्दै उनले पत्रकारिता क्षेत्र गम्भीर मोडमा पुगेको टिप्पणी गरिन्।
सचिव अर्यालले भनिन्, “एआईले पत्रकारिता कहाँ पु-याउने हो भन्ने अनिश्चितता बढेको छ। एआईका कारण समाचारको कन्टेन्टको मूल्य र मान्यता मरेको छ।”
उनले पत्रकारितालाई भरपर्दो र विश्वासिलो बनाउन पत्रकारहरूले नै विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याइन्। सरकारी तहबाट सकारात्मक पत्रकारितालाई निरन्तर सहयोग रहने उनको भनाइ थियो।