दोलखामा सानिमा जुम खोला हाइड्रोपावरमा मजदुरको मृत्यु
२३ मंसिर, दोलखा । दोलखाको लामाबगरस्थित ५६ मेगावाट क्षमताको सानिमा जुम खोला हाइड्रोपावर कम्पनी लिमिटेडअन्तर्गत निर्माण कम्पनी बाबरी हाइड्रोपावर कन्ट्रक्सनमा कार्यरत मजदुर शुक्रबहादुर राईको मृत्यु भएको छ। ३९ वर्षीय राई ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका–५ घर भएका हुन्।
दोलखा प्रहरीले जानकारी दिएको अनुसार राई सुरुङमार्गमा ड्रिल खोप्ने क्रममा अचानक लडेका थिए र करिब ५ मिटर तल खस्दा घाइते भएका थिए। घाइते राईलाई उपचारका लागि धुलिखेल शाखा अस्पताल दोलखामा ल्याइएको थियो, जहाँ आज बिहान उनको मृत्यु भएको हो। उनकाे शव परीक्षणका लागि पशुपति चौलागाईं स्मृति अस्पताल चरिकोटमा राखिएको छ।