गुण्डुमा सञ्चारमन्त्री खरेलको ओलीसँग भेटघाट
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् । भक्तपुरको गुण्डुस्थित निवास पुगेर खरेलले ओलीसँग भेट गरेका हुन् । भेटका क्रममा समसामयिक राजनीतिक अवस्थाका साथसाथै फागुन २१ गते तोकिएको निर्वाचनका सन्दर्भमा छलफल भएको सञ्चारमन्त्रीको सचिवालयले जनाएको छ ।
सो क्रममा सञ्चारमन्त्रीले ओलीलाई शनिबार तय भएको तीन दलका शीर्ष नेता र प्रधानमन्त्रीबिचको वार्ताका लागि निम्तापनि दिएको बताइएको छ । यसअघि आजै खरेलले कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि भेटेका थिए भने ओलीपछि प्रचण्डसँग भेटको कार्यक्रम रहेको छ ।