राप्रपाका शीर्ष र दोस्रो तहका नेताहरू छुट्टाछुट्टै बैठकमा जुटे
काठमाडौं, २२ मंसिर – राप्रपाका शीर्ष नेताहरू पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठकमा बसेकै बेला दोस्रो तहका नेताहरू पनि छुट्टै छलफलमा जुटेका छन्। पार्टीका एक केन्द्रीय सदस्यका अनुसार दोस्रो तहका नेताहरूले सोमबार राजधानीमा केन्द्रीय समितिको बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल गरेका हुन्।
त्यसैगरी, अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि बस्यो। बैठकमा मंसिर २४ र २५ गते हुने केन्द्रीय कार्यसमितिको एजेण्डा तय गर्ने, विभिन्न प्रतिवेदनहरूबारे छलफल गर्ने, अघिल्लो बैठकमा गठित तीन समिति (सक्रिय सदस्यता सम्बन्धी, महाधिवेशन तालिका सम्बन्धी, समान विचार भएकाहरूसँग वार्ता सम्बन्धी) को रिपोर्टमाथि समीक्षा गर्ने र मंसिर २३ गते काठमाडौंमा हुने जनप्रदर्शनसम्बन्धी निर्णय गर्ने विषयमा छलफल भएको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।