विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य पुनर्स्थापित
२२ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरण (नेवि प्रा) का कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पुनर्स्थापित गर्ने आदेश दिएको छ।
जेनजी आन्दोलनपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेका पूर्वप्रबन्ध निर्देशक कुलमान घिसिङले शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरेका थिए। सो निर्णयविरुद्ध शाक्यले सर्वोच्चमा रिट दायर गरेका थिए।
रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित गर्न आदेश जारी गरेको हो।
सर्वोच्चको यो आदेशसँगै शाक्य पुनः कार्यकारी निर्देशकको जिम्मेवारीमा फर्कने सुनिश्चित भएको छ।