कालीमाटी तरकारी बजारमा तोडफोड–आगजनी गर्ने दुई प्रतिवादी कारागार चलान
काठमाडौँको कालीमाटीस्थित तरकारी बजार व्यवस्थापन समितिको भवनमा तोडफोड तथा आगजनी गरेको अभियोगमा पक्राउ परेका दुईजना प्रतिवादीलाई कारागार चलान गरिएको छ।
काठमाडौँ महानगरपालिका–१३ का ४१ वर्षीय विजय लामा र टंकेश्वरका ३४ वर्षीय राजेन्द्र श्रेष्ठलाई अदालतको आदेशअनुसार मंगलबार सुनधारास्थित केन्द्रीय कारागारमा थुनामा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकारीले जानकारी दिए।
प्रहरी अनुसन्धानअनुसार भदौ २४ मा जेनजी प्रदर्शनका क्रममा उनीहरूले प्रशासनिक भवनमा आगजनी र तोडफोड गरेका थिए। प्रहरीले विजय लामालाई यसअघि पनि उच्छृङ्खल गतिविधिमा संलग्न रहेको बताएको छ।