लन्डनमा होमलेस बनेका नेपाली विद्यार्थीको उद्धार, नेपाल फिर्ता
लन्डन, १५ पुस — बेलायतको लन्डनमा होमलेस बनेका एक नेपाली विद्यार्थीलाई एनआरएनए यूकेको सहयोगमा उद्धार गरी नेपाल पठाइएको छ। युनिभर्सिटी अफ सन्डरल्याण्डमा बीए अनर्स अध्ययनका लागि गएका काभ्रेपलाञ्चोक पनौतीका २१ वर्षीय आदर्श थापा फि नतिरेको कारण भिजा र पार्टटाइम काम गुमेपछि संकटमा परेका थिए।
घरबेटीले कोठाबाट निकालेपछि एक साता रेल स्टेशनमा बस्दै आएका थापाले एनआरएनए यूकेसँग सहयोग मागेपछि संघका पदाधिकारीले अस्थायी बसोबासको व्यवस्था गरी शनिबार नेपाल फर्कन सहयोग गरेका हुन्।
आदर्शले विदेश अध्ययनका लागि आउनुअघि पर्याप्त रिसर्च गर्न र कन्सल्टेन्सीको आश्वासनमा नपर्न विद्यार्थीलाई सुझाव दिएका छन्।