उज्यालो नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीबीच ऐतिहासिक एकीकरण, कुलमान घिसिङले बोले
काठमाडौं — उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टीसँग भएको पार्टी एकीकरणबारे मुख खोलेका छन्। आइतबार राति ८ बजे भएको सहमति १४ घण्टापछि उनले सार्वजनिक रूपमा विवरण दिएका हुन्।
घिसिङले दुई पार्टीबीच ऐतिहासिक एकीकरण भएको बताएर भने, “पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा माथि उठेर जनताको चाहना र देशको हितलाई सर्वोपरि राख्दै उज्यालो भविष्यको मार्गतर्फ हामी एक ठाउँमा उभिएका छौं।”
उनले यो एकीकरणले देशलाई सही निकासतर्फ लैजाने विश्वास लिएको पनि स्पष्ट पारे। सहमति सार्वजनिक हुँदा तस्बिरमा उनको अनुहार मलिन देखिएको थियो, जसले केहीमा उनी खुसी नभएको आशङ्का उत्पन्न गरेको थियो।