सुनको मूल्य एकैदिन ३,५०० रुपैयाँले बढ्यो, उच्च रेकर्ड नजिक; चाँदी पनि नयाँ उच्चतिर
२६ मंसिर, काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा ३ हजार ५ सय रुपैयाँले बढ्दै २ लाख ५६ हजार ६ सय रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन २ लाख ५३ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन एकैदिनमा उल्लेख्य वृद्धि भएको हो।
सुनको मूल्य असोज ३१ गतेको हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँ नजिक पुगेको छ।
चाँदीको मूल्य पनि लगातार नयाँ रेकर्ड बनाइरहेको छ। शुक्रबार प्रतितोला ३ हजार ९०५ रुपैयाँ पुगेको चाँदी अघिल्लो दिनको तुलनामा १०० रुपैयाँले बढेको हो। अघिल्लो दिन ३ हजार ८०५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो।