सुनको मूल्य १ हजार घट्यो, चाँदी बढ्यो
मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेर २ लाख ५१ हजार ९ सय रुपैयाँमा झरेको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्य २ लाख ५२ हजार ९ सय रुपैयाँ थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुन सस्तो भए पनि चाँदीको मूल्य भने बढेर प्रतितोला ३ हजार ६ सय रुपैयाँ पुगेको छ। यसअघि गत बुधबार चाँदीले ३ हजार ६५५ रुपैयाँको उच्चतम मूल्य रेकर्ड गरेको थियो।