बालाजु यातायात कार्यालयले शिलबन्दी प्रस्ताव आह्वान प्रक्रिया स्थगन
काठमाडौँ। काठमाडौँको बालाजुस्थित यातायात व्यवस्था कार्यालयले शिलबन्दी प्रस्ताव आह्वानसम्बन्धी बाँकी प्रक्रियाहरू अर्को सूचना नआउन्जेलका लागि स्थगन गरेको छ।
कार्यालयले आइतबार जारी गरेको सूचनामा भनिएको छ कि विभागीय मन्त्रीको निर्देशनअनुसार बाँकी चरणहरू रोकिएको हो। आइतबार दिउँसो १ बजेसम्म दर्ता भइसकेका फारामहरू भने यथावत् रहने जानकारी दिइएको छ।
गत मङ्सिर २६ गते शिलबन्दी प्रस्ताव आह्वानको सूचना प्रकाशित भएको थियो र पुस ११ गतेसम्म फाराम बिक्री तथा दर्ताको कार्य सम्पन्न भइसकेको थियो।
कार्यालयले स्थगन गरिएको प्रक्रियाहरू कहिले पुनः सुचारु हुनेबारे आगामी सूचनामार्फत जानकारी गराउने जनाएको छ।