एमाले नेतृत्व चयनको मतगणना जारी, ओलीले स्पष्ट अग्रता
काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । पछिल्लो मत परिणामअनुसार अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले ३३३ मत पाउँदै स्पष्ट अग्रता लिएका छन्, भने ईश्वर पोखरेलले ११० मत प्राप्त गरेका छन्।
भृकुटीमण्डपमा मतगणना जारी रहँदा बाहिर उम्मेदवारहरूले आफ्ना मोबाइलमार्फत नतिजा हेर्दै छन्। अन्य पदाधिकारीहरूको मत परिणाम पनि क्रमशः सार्वजनिक हुँदैछ।