श्रम संस्कृति पार्टीले कसैसँग एकता नगर्ने स्पष्ट
१३ पुस, काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो पार्टीले कसैसँग एकता नगर्ने स्पष्ट पारेका छन्।
सामाजिक सञ्जालमार्फत भिडियो सन्देश दिँदै साम्पाङले भने, “श्रम संस्कृति पार्टी कोही कसैसँग मिल्दैन। हामी मिसावटविनाको राजनीति गर्छौं। देशको ढुंगा र माटोको राजनीति गर्छौं।”
उनले आफ्नो पार्टी स्वदेशी विचार र मौलिकताको राजनीति गर्ने पनि उल्लेख गर्दै कार्यकर्ता र शुभेच्छुकलाई अडकल नगर्न आग्रह गरेका छन्। साम्पाङको यो अभिव्यक्ति रास्वपा सभापति रवि लामिछाने र काठमाडौं मेयर बालेन्द्र शाहबीच भएको सातबुँदे सम्झौतापछि सार्वजनिक भएको हो।