नेकपा एमालेको सचिवालय बैठक सुरु, समानुपातिक उम्मेदवारमा छलफल
१३ पुस, काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। ११औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू रहेको सचिवालयको यो पहिलो बैठक हो।
ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा जारी बैठकमा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूची मुख्य एजेन्डा रहेको नेताहरूले बताएका छन्।
निर्वाचन आयोगले २१ फागुनमा हुने निर्वाचनका लागि दलहरूलाई भोलिसम्म समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउन समय तोकेको छ। यसका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले तयार पारेको प्रारम्भिक सूचीमाथि बैठकमा छलफल भइरहेको छ।