मेयर बालेनले ऊर्जामन्त्री कुलमानलाई रास्वपाको प्रस्तावबारे ब्रिफिङ
१२ पुस, काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले ऊर्जामन्त्री कुलमान घिसिङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट आएको प्रस्तावबारे जानकारी गराएका छन्।
शनिबार बालेन र कुलमानबीच भएको भेटवार्तामा बालेनले शुक्रबार रास्वपा पक्षबाट आफूलाई गरिएको प्रस्ताव र त्यससँग सम्बन्धित विषयमा ब्रिफिङ गरेका हुन्। भेटवार्ता जारी रहेको र छलफलको स्थान भने सार्वजनिक नगरिएको स्रोतले जनाएको छ।
कुलमान निकट स्रोतका अनुसार बालेनले प्रधानमन्त्रीसहित विभिन्न तहबाट प्रस्ताव आएको तथा केही विषयमा अझै सहमति जुटिन बाँकी रहेको जानकारी गराएका थिए। विशेषगरी स्टेक (भूमिका र जिम्मेवारी) सम्बन्धी विषयमा कुरा नमिलिसकेको बताइएको छ।
स्रोतका अनुसार रास्वपाले गरेको प्रस्तावमा अधिकांश विषयमा अझै थप छलफल आवश्यक रहेको बुझिएको छ। ‘के–कसरी अघि बढ्ने भन्ने विषय छलफल टुंगिएपछि मात्र स्पष्ट हुनेछ,’ स्रोतले जनाएको छ।
हाल दुवैबीच छलफल जारी रहेको बताइएको छ।