जेनजी आन्दोलनमा तोडफोड र आगजनी आरोपमा ९१२ पक्राउ
१३ पुस, काठमाडौं। जेनजी आन्दोलनको क्रममा देशभर विभिन्न स्थानमा भएको तोडफोड, आगजनी र लुटपाटमा संलग्न रहेको आरोपमा नेपाल प्रहरीले ९१२ जनालाई पक्राउ गरेको छ।
पक्राउ परेकामध्ये केहीमाथि अदालतमा मुद्दा दायर भइसकेको छ भने केही सामान्य तारेख वा धरौटीमा रिहा भएका छन्। केही व्यक्तिहरूको भने अझै अनुसन्धान भइरहेको छ।
पक्राउ परेकामाथि व्यक्ति हत्या, सर्वोच्च अदालत, सिंहदरबार जस्ता संरचना र व्यक्तिगत सम्पत्तिमा तोडफोड तथा आगजनी गरेको आरोप छ।