नागार्जुनमा महिलाको कोठाबाट ५ लाखभन्दा बढीका गरगहना र नगद चोरी
काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका-४ मा डेरा गरी बस्ने एक महिलाको कोठाबाट सुनका गरगहना र नगद चोरी भएको छ ।
पर्साको वीरगञ्ज महानगरपालिका-२ घर भएकी २८ वर्षीया रुबिना खातुनको कोठाबाट मंगलबार दिउँसो चोरी भएको महानगरीय प्रहरी परिसरले जनाएको छ। करिब ५ लाख २८ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको हो।
चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी भइरहेको र यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ