मधेश प्रदेश सरकार आज तेस्रो पटक विस्तार हुँदै
जनकपुरधाम । मधेश प्रदेश सरकार बुधबार तेस्रो पटक विस्तार हुने भएको छ। गत १९ मंसिरमा मुख्यमन्त्री नियुक्त भएका कृष्णप्रसाद यादवले तेस्रो चरणमा मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।
स्रोतका अनुसार मुख्यमन्त्री यादवले आफ्नै दल नेपाली कांग्रेससहित जनता समाजवादी पार्टी र नेपाली कम्युनिष्ट पार्टीलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।
आजै सम्बन्धित दलबाट मन्त्री नियुक्त गरी सपथ ग्रहण गराउने तयारी मुख्यमन्त्री कार्यालयले गरेको छ। प्रदेश सरकारलाई अझ प्रभावकारी र समावेशी बनाउने उद्देश्यले मन्त्रिपरिषद् विस्तार गर्न लागिएको बताइएको छ।