मन्त्री घिसिङद्वारा सेती पुल निरीक्षण, निर्माण तिब्रता दिन निर्देशन
पोखरा। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले पोखरा–मुगलिङ्ग सडकखण्ड अन्तर्गत निर्माणाधीन सेती पुलको निरीक्षण गरेका छन्।
आइतबार गरिएको निरीक्षणका क्रममा मन्त्री घिसिङले पुल निर्माण कार्यलाई तिब्रता दिन निर्देशन दिएका छन्। सो स्थान पोखरा आवतजावतको क्रममा सवारीसाधन थुप्रिने साँघुरो बोटलनेकको रुपमा रहेको छ। निर्माणाधीन पुलको भौतिक प्रगति हाल ५४ प्रतिशत पुगेको छ।