कैलालीमा बस ठक्करबाट एकजनाको मृत्यु
१३ पुस, धनगढी। कैलालीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
आइतबार बिहान पौने ७ बजेतिर पूर्वपश्चिम राजमार्ग अन्तर्गत गौरीगंगा नगरपालिका–२ झिलमा महाकाली यातायातको सुपप्र ०२–००१ ख १३७३ नम्बरको बसले तारादेवी पाठकलाई ठक्कर दिएको थियो। पाठक जानकी गाउँपालिका–२ की स्थायी बासिन्दा थिइन्।
घाइते पाठकको नवजीवन अस्पताल, धनगढीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।