राप्रपाले केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान गरेको छ।
पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार बैठक यही पुस १४ गते पार्टी केन्द्रीय कार्यालय, धुम्बाराहीमा बस्नेछ। बैठकमा आसन्न निर्वाचन तयारी, समानुपातिक उम्मेदवारको सूची र समसामयिक राजनीतिक परिस्थितिका विविध विषयमा छलफल हुने जनाइएको छ।